22.2 C
Nepal
Wednesday, October 16, 2024

सिटिजन्स बैंकले लाभांश पारित तथा मर्जर मुख्य अजेण्डासहीत साधारण सभा बोलायो

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । बैंकको असोज २० गते बसेको सञ्चालक समितिको बैठकले १८ औं वार्षिक साधारण सभा कात्तिक १२ गते आयोजना गर्ने निर्णय गरेको हो ।

सभामा गत आवका लागि सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ४.२१ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

यस्तै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने÷गाभिने मर्ज गर्न वा प्राप्ति (एक्विजिसन) गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

सभामा आव २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तको बैंक तथा बैकको सहायक कम्पनीहरु सहितको एकीकृत वासलात र २०८० साउन १ गतेदेखि २०८१ असारसम्मको नाफा नोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्ने चालु आवका लागि लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिसमा लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

उक्त सभा काठमाण्डौको डिल्लीबजारमा रहेको अमृतभोगमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

बैंकले असोज २९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here