20 C
Nepal
Monday, September 29, 2025

कामना सेवा विकास बैंकले डाक्यो एजीएम, लाभांश पारित गर्ने मुख्य अजेण्डा

spot_imgspot_imgspot_img

कामना सेवा विकास बैंक लिमिटेडको असोज ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले १८ औं वार्षिक साधारण सभा डाकेको छ ।

सभा असोज ३० गते काठमाण्डौको नक्सालको लिसारा रिसेप्शमा बिहान १०.३० बजेदेखि हुनेछ ।

कम्पनिको प्रस्तावित ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १२ प्रतिशत लाभांश वितरणको प्रस्ताव सभाले पारीत गर्नेछ ।

त्यस्तै सभाले लेखापरीक्षकको प्रतिवेदन पारीत गर्ने, प्राथमिक पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्ने र प्रबन्धपत्र तथा नियमावलीको संशोधन, अग्राधिकार सेयर जारी,दर्ता तथा सूचीकरण गर्ने लगायतका सोसँग सम्बन्धित कार्यहरु स्वीकृतिको क्रममा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड लगायतका नियमनकारी निकायहरुबाट कुनै विषय, शर्तहरु लगायतका संशोधन तथा फेर बदल गर्न विशेष प्रस्ताव पारित गरिनेछ ।

आव २०८१/०८२ को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाबाट पारित हुनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकको प्रस्तावित लाभांश पाउन र सभाम हुन योग्य हुनेछन् ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here