बजारमा अधिक तरलता भएपछी त्यसको ब्यबस्थापनाका लागि केन्द्रीय बैंकले आज (बुधबार) तरलता प्रसोचन गर्ने भएको छ । केन्द्रीय बैंकले आज बैंकिङ प्रणालीबाट निक्षेप संकलन उपकरण मार्फत ४० अर्ब रुपैयाँ तान्न लागिएको छ ।
२१ दिनको लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ४० अर्ब तरलता तान्न लागिएको हो । ३ बजे अनलाइन विडिङमार्फत निक्षेप संकलनको बोलकबोल गर्ने जनाएको राष्ट्र बैंकले उक्त निक्षेपपत्रको आजै बिक्री गरिने जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले ३ बजेभित्र आवेदन दिइसक्नुपर्नेछ ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।