19 C
Nepal
Monday, September 29, 2025

सर्वसाधारणले आवेदन दिने मिल्नेगरी मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

spot_imgspot_imgspot_img

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको नाममा रहेको १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति, कम्पनी तथा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन् । यसअघि गत असार २४ गते ३५ दिने सूचनामार्फत बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले सर्वसाधारणलाई बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सुनसरी धरानमा रहेको बैंकको केन्द्रीय कार्यालयमा वा सेयर रजिष्ट्रार प्रभु क्यापिटलको कार्यालय काठमाण्डौमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ । सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here