22.9 C
Nepal
Tuesday, September 17, 2024

लुम्बिनी विकास बैंकको ४३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न मिल्ने

लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले ४३ हजार २९९ कित्ता संस्थापक समूहको सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि आम सर्वसाधारण वा जो सुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । यसअघि उक्त सेयर गत असार १६ गते ३५ दिने सूचना जारी गरी बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको थियो । तर उक्त सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेकाले सर्वसाधारणका लागि उक्त सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र डिल्लीबजारमा रहेको बैंकको मुख्य कार्यालयमा आवेदन दिनु पर्नेछ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here