29.7 C
Nepal
Wednesday, September 18, 2024

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १९ लाख ४४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर लीलाम बिक्री गर्ने भएको छ । बैंकले सात जना संस्थापक सेयरधनीहरूको नाममा रहेको १९ लाख ४४ हजार ७ सय ४७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

यो सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरीद आवेदन दिन पाउनेछन् । उक्त सेयर खरीद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र खरीद गर्न चाहेको सेयर विवरण खुलाई काठमाडौंको लाजिम्पाटस्थित बैंकको सेयर शाखामा निवेदन दिनुपर्नेछ ।

तोकिएको म्यादभित्र संस्थापकबाट सेयर खरीदका लागि आवेद नपरेमा सो सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here