21.3 C
Nepal
Wednesday, September 18, 2024

सीडी रेसियो ८०% तल , कर्जा बिस्तार सुस्तायो

पछिल्लो समय बैंकिङ प्रणालीको सिडी रेसियो ८० प्रतिशत तल झरेको छ । निक्षेप संकलन तीव्र रुवमा बढ्दै गएको छ । कर्जा प्रवाह सोचेअनुरुप नभएपछी तरलता बढेर यस्तो भएको हो ।

असार ४ गतेसम्म भने बैंकिङ प्रणालीमा ६२ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप हुँदा असार ५ गतेसम्म बैंकिङ प्रणालीमा ६२ खर्ब ६५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको हो । यसरी एक दिनको अन्तरालमा २ अर्ब रुपैयाँ निक्षेप बढेको हो ।

यो अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह १ अर्ब रुपैयाँले घट्दै ४५ खर्ब ४३ अर्ब रुपैयाँमा भएको छ । असार ४ गतेसम्म ७९.८७ प्रतिशत रहेको सीडी रेसियो घटेर ७९.८३ प्रतिशत कायम भएको छ ।

यस्तै अन्तर बैंक ब्याजदर २.९९ प्रतिशतबाट घटेर २.९६ प्रतिशत रहेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here