21.1 C
Nepal
Friday, November 14, 2025

सिद्धार्थ बैंकको करिब ७३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

spot_imgspot_imgspot_img

सिद्धार्थ बैंक लिमिटेडले आफ्ना संस्थापक सेयरधनीको ७२ हजार ९२७ कित्ता संस्थापक सेयर लीलाम बिक्रीमा राखेको छ । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

खरिद गर्न चाहने संस्थापक सेयरधनीहरुले काठमाण्डौको नक्सालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवका कार्यालयमा आबेदन दिनुपर्ने छ । आबेदकले आफुले लिन चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here