20 C
Nepal
Monday, September 29, 2025

पर्वत पैयु खोला हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने

spot_imgspot_imgspot_img

पर्वत पैयु खोला हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनिले आइपिओ निस्कान गर्ने मुख्य अजेण्डासहित विशेष साधारण सभा आह्वान गरेको छ । जेठ १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले विेशष साधारण सभा डाकेको हो ।

उक्त सभा आगामी असार ३ गते काठमाण्डौको टोखामा रहेको कम्पनीको कार्यालयमा बिहान १० देखि ३ बजेसम्म आयोजना हुनेछ । उक्त सभामा आम सर्वसाधारणलाई आईपीओ जारी गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन गर्नुपरेमा वा प्रस्तावित संशोधनमा नियमनकारी निकायाबाट फेरबदल वा सुझाव आएमा आवश्यक संशोधन समायोजन गर्न सम्पूर्ण अख्तियारी सञ्चालन समितिलाई दिने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने प्रस्ताव पारित गरिनुका साथै कम्पनीको आयोजना,संरचना, बिक्री वा हस्तान्तरणका लागि आवश्यक प्रक्रिया पुरा गर्न गर्नुपर्ने सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here