14.2 C
Nepal
Friday, November 14, 2025

कृषि विकास बैंकद्वारा सेयर अभौतिकिकरण गरेर नगद लाभांश बुझिलिन अपिल

spot_imgspot_imgspot_img

कृषि विकास बैंक लिमिटेडले सेयर अभौतिकिकरण गर्न सेयरधनीहरुलाई अनुरोध गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न साधारण सभाबाट पारित भएको नगद लाभांश रकम सेयरधनीहरुको हितग्राही खातामा रहेको बैंक खातामा जम्मा गर्ने व्यवस्था गरिएकोमा हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरुलाई यस्तो आग्रह गरेको हो ।

बैंकले यथाशिघ्र आफुले डिम्याट खाता खोलेको सम्बन्धित निक्षेप सदस्य(डिपी)मा सम्पर्क गरी आफ्नो सेयर प्रमाणपत्र अभौिितकिकरण गरी कुनै पनि बैंक तथा वित्तीय संस्थामा आफ्नो खाता नम्बर सहितको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ ।

साथै, बैंक खाताको विवरण डिम्याट खातामा उपलब्ध गराउँदा त्रुटि हुन गई नगद लाभांश प्राप्त नगरेका सेयरधीहरुको विवरण बैंकको सेयर रजिष्ट्रार एनआईएमबी एस क्यापिटलको वेवसाइटमा राखिएको आण्आफ्नो निक्षेप सदस्यमा सम्पर्क गरी विवरण सच्याउन बैंकले आग्रह गरेको छ ।

अन्यथा ५ वर्षसम्म कुनै पनि लगानीकर्ताको दाबी प्रस्तुत हुन नआएको लाभांश रकम नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय कम्पनीको रजिष्ट्रारको कार्यालय अन्तर्गत रहेको लगानीकर्ता संरक्षण कोषको सचिवालयमा उक्त लाभांश रकम जम्मा गरिने बैंकले जनाएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here