23.7 C
Nepal
Friday, September 20, 2024

स्वावलम्बन लघुवित्त र प्रभु बैंकको ७८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, हेर्नुस् – न्यूनतम मूल्य कति छ ?

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु बैंक लिमिटेडको ७८ हजार कित्ता बढ्री संस्थापक सेयर लिलामीमा राखिएको छ । प्रभु बैंकको ६१ हजार ६६२ कित्ता र स्वावलम्बन लघुवित्तको १६ हजार ५२८ कित्ता गरी कुल ७८ हजार १९० कित्ता संस्थापक सेयर आजदेखि लिलामीमातर्फत बिक्रीमा राखिएको हो

यो सेयर जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले खरिद गर्न सक्नेछन् ।

स्वावलम्बन लघुवित्तको न्युनतम मुल्य २५० रुपैयाँ र प्रभु बैंकको न्यूनतम मूल्य १ सय रुपैयाँ निर्धारण गरिएको छ । दुवै कम्पनीको सेयर खरिदका लागि न्यूनतम १ सय कित्ताका लागि आवेदन दिनुपर्ने भने अधिकतममा सम्पूर्ण कित्ता खरिदका लागि बोलपत्र आवेदन पेश गर्न सकिनेछ ।

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति असार १८ गते निर्धारण गरिएको छ । इच्छुक लगानीकर्ताले कमलपोखरी काठमाण्डौमा रहेको लक्ष्मी सनराइज क्यापिटलमार्फत बोलपत्र आवेदन पेश गर्नुपर्नेछ

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here