20.6 C
Nepal
Thursday, September 19, 2024

महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीका केहि संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्रीको लागि आवेदन दिपश्चात संस्थाले सो वापतको १३ हजार ७१ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

संस्थाका सेयरधनीहरु दिलिप कुमारी मंडरको १३ सय कित्ता, पन्ना लाल चौधरीको ३ हजार कित्ता, केशरी डंगोल महर्जनको ३ हजार ५९१ कित्ता र एनआइसी एशिया बैंकको ५ हजार १८१ कित्ता सेयर बिक्रीमा रहेको छ ।

उक्त सेयर खरिद गर्न इच्छुक आवेदकले सूचना प्रकाशितको मितिले ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी संस्थाको केन्द्रिय कार्यालय अग्नीसाईसर कृष्णासवरण ६, महुली सप्तरीमा आवेदन दिन सक्नेछन् ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here