15.3 C
Nepal
Friday, October 18, 2024

कैलाश सिरोहियाले प्रमाण नष्ट गर्ने देखेपछी सरकारले पक्राउ गरेको हो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकताको विषयमा छानबिन गर्न सरकारले पक्राउ गरेको बताएका छन् ।

राजधानीमा भएको एक कार्यक्रममा ओलीले भने -‘सिरोहिया पक्राउ पर्दा कसरी प्रेस स्वतन्त्रतामाथिको हमला भयो ?’ उनले अगाड भने ‘नागरिकताको कुरालाई प्रेस स्वतन्त्रतामाथिको हमलाका रुपमा बुझ्न हुँदैन ।’

कैलाश सिरोहिया कान्तिपुर भन्ने पत्रिकाका सञ्चालकलाई नागरिकताको विषयमा उनको नागरिकता झुटो नागरिकता भयो, किर्ते नागरिकता भयो, नागरिकता दिने मान्छेको नाम छैन, दिनेको सही छैन आदि भन्नेकुरा अखबारमा आएपछि सरकारले छानविन गरेको उनले बताए

ओलीले भने- ‘सरकारले त्यसको छानबिन सरकारले गर्यो । अदालतलाई भन्यो, यस्तो यस्तो छानबिन गरेँ, उहाँलाई गिरफ्तार गरेरै छानबिन गर्नुपर्छ, किनभने प्रमाण लुकाउने नष्ट गर्ने सम्भावना देखियो । जोसुकैलाई थुन्न पाउँ भन्दा अदालतले थुन्न दिँदैन नि । छानबिन गर भन्छ । अदालतले आदेश गरेपछि प्रहरीले समात्यो । यो प्रेस स्वतन्त्रतामाथिको हमला रे । प्रेस कहाँबाट जोडियो । नागरिकताको पो कुरा होला त, प्रेस कहाँबाट आयो । यो खालका हल्लाका पछि लाग्दैन । डेमोक्रेसी खतरा भयो । वक्तव्यको होडबाजी भयो ।’

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here