29.5 C
Nepal
Friday, September 20, 2024

कुमारी बैंकको ५.२५ लाख कित्ता सेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडले ५ लाख कित्ता बढी संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको ५ लाख २५ हजार १८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बैंकले संस्थापक सेयरधनीका लागि मात्रै खरिद आवेदन खुलाएको जनाएको छ ।

इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

सो सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने जनाइएको छ ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here