18.5 C
Nepal
Tuesday, September 30, 2025

एनआईसी एशिया बैंकको ५.१३ लाख कित्ता संस्थापक सेयर लिलामीमा, न्यूनतम मूल्य २०८

spot_imgspot_imgspot_img

एनआईसी एशिया बैंक लिमिटेडले संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । बैंकले ५ लाख १३ हजार ३२५ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखेको हो ।

यो सेयरको न्यूनतम मूल्य २०८ रुपैयाँ निर्धारण गरि लीलामीमा राखिएको छ ।

बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्छ। सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

सेयर बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र आवेदन काठमाण्डौको लाजिम्पाटस्थित एनआईएमबी एस क्यापिटलको कार्यालयमा आईपुग्ने गरी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ । यो सेयर खरिदका लागि विद्यमान संस्थापक वा जो कोहि व्यक्ति तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here