20.6 C
Nepal
Thursday, September 19, 2024

सर्वसाधारणलाई सर्वोत्तम सिमेन्टले फागुन १३ देखि आईपीओ निष्कासन गर्ने, प्रतिकित्ता मूल्य कति ?

आम सर्वसाधारणलाई सर्वोत्तम सिमेन्ट लिमिटेडले आउदो फागुन १३ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु. ३६०.९० रुपैयाँ अंकित दरका २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले स्थानिय बासिन्दाहरुले नभरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित आईपीओ जारी गर्न लागेको हो ।

लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्।

यो आईपीओ निष्काशन बन्द छिटोमा फागुन १६ गते र ढिलोमा फागुन २७ गते हुनेछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्।

कम्पनीले गत पुस २५ गतेदेखि उद्योग प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गरेको थियो । कम्पनीले उद्योग प्रभावित स्थानीयलाई ९ लाख ३० हजार कित्ता र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई २ लाख ६७ हजार कित्ता सेयर निष्कासन गरेको थियो ।

बुक बिल्डिंग विधिबाट आईपीओ जारी गर्ने सर्वोत्तम सिमेन्ट पहिलो कम्पनी हो ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here