31.6 C
Nepal
Friday, September 20, 2024

फाल्गुन महिनाका लागि कुन बैंकले कती ब्याजदर घटाए? हेर्नुस्

बैंकिङ प्रणालीमा तरलता अधिक भएसँगै वाणिज्य बैंकहरुले ब्याजदरमा कटौति गरेका छन् । देशका १८ वटा वाणिज्य बैंकहरुले फागुन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। जस अनुसार बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ७.७१ प्रतिशत कायम भएको छ ।

यस्तै संस्थागत मुद्दति निक्षेपतर्फ पनि बैंकहरुको औषत ब्याजदर ५.७११ प्रतिशत कायम भएको छ । जुन गत महिनाको तुलनामा ०.३८ प्रतिशतविन्दुले कम हो । माघ महिनामा संस्थागत तर्फ बैकहरुको औसत ब्याजदर ६.०९ प्रतिशत थियो ।

कृषि विकास बैंक

कृषि विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ ०.८१७ प्रतिशतले ब्याजदर घटाएको छ । माघ महिनामा बैंकको व्यक्तिगत मुद्दतितर्फ अधिकतम ७.२६ प्रतिशत ब्याज कायम थियो । फागुन महिनाका लागि भने बैंकले अधिकतममा ६.४४ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ ।

नेपाल बैंक लिमिटेड

नेपाल बैंकले ०.७५ प्रतिशतविन्दुले घटाएको छ । यस बैंकले अधिकतममा व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ अधिकतम ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंक

यस बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ७.३५ प्रतिशत र सस्थागत तर्फ ५.२५ प्रतिशत ब्याजदर दिने भएको छ ।

प्राइम कमर्सियल बैंक

बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ७.५ र सस्थागततर्फ ५.४ प्रतिशत ब्याजदर दिने भएको छ ।

कुमारी बैंक

बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ८.०१ र सस्थागततर्फ ६.०१ प्रतिशत ब्याजदर कायम गरेको छ ।

एनआईसी एशिया बैंक

बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ८ र सस्थागततर्फ ६ प्रतिशत ब्याजदर दिने भएको छ ।

प्रभु बैंक

बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ७.५ र सस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक

बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ८ र सस्थागततर्फ ६ प्रतिशत ब्याजदर दिने भएको छ ।

सानिमा बैंक

बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ७.५१ र सस्थागततर्फ ५.५१ प्रतिशत ब्याजदर कायम गरेको छ ।

एमएमबी बैंक

बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ८.५ र सस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर दिने भएको छ ।

ग्लोबल आइएमई बैंक

बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ७.६ र सस्थागततर्फ ५.६ प्रतिशत ब्याजदर कायम गरेको छ ।

नेपाल एसबीआई बैंक

बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ८.१ र सस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर दिने भएको छ ।

नविल बैंक

बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ७.७५ र सस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

स्ट्याण्डर्ड चाटर्ड बैंक

बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ७.३५ र सस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर दिने भएको छ ।

माछापुच्छ्रे बैंक

बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ८ र सस्थागततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ ।

एभरेष्ट बैंक

बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ८ र सस्थागततर्फ ६ प्रतिशत ब्याजदर दिने भएको छ ।

लक्ष्मी सनराइन बैंक

बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ८ र सस्थागततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ ।

हिमालयन बैंक

बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ८.१५ र सस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर दिने भएको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here