एनआईसी एशिया बैंकका डेपुटी सीईओ सुधिर पाण्डेले दिएको राजीनामा सञ्चालक समितिले अस्वीकृत गरेको छ।
पाण्डेले बुधबार सीइओ रोशन न्यौपानेसमक्ष राजीनामा दिएका थिए । शनिबार बसेको सञ्चालक समितिको बैठकमा डेपुटी सीईओ पाण्डेको राजीनामा सीईओ न्यौपानेले सञ्चालक समितिमा पेश गरेका थिए ।
तर, अहिलेको परिस्थितिमा उच्च व्यवस्थापनको राजीनामाले नकारात्मक सन्देश जाने भन्दै सञ्चालक समितिले पाण्डेको राजीनामा अस्वीकृत गरेको हो ।
२०७५ मंसिरदेखि पाण्डे डेपुटी सीईओका रुपमा कार्यरत छन् ।यस बैंकले राष्ट्र बैंक र सञ्चालक समितिलाई समेत झुक्याएर गलत वित्तीय प्रतिवदेन तयार गरेको भन्दै ब्यवस्थापन र संचालक समितिबीच बिबाद बड्दै गईरहेको छ ।
एनआईसी एशिया बैंकमाथि राष्ट्र बैंकले समेत नियामकीय व्यवस्थाहरुमा चलखेल गरेको भन्दै अनुसन्धान सुरु गरेको छ ।