प्राइम कमर्सियल बैंकको संस्थापक सेयरतर्फको सेयर आजदेखि लिलाम बिक्रिमा राखिएको छ । बैंकको २४ हजार ०५० कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल माध्यमबाट लीलाम बिक्रीमा राखिएको हो ।
यस बैंकको न्यूनतम मूल्य ११० रुपैयाँ तोकिएको छ । यो सेयर जो कोहि व्यक्ति,संघसंस्था वा कम्पनीले बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।
लगानीकर्ताले आगामी फागुन ४ गतेभित्र बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको थापाथलिस्थित कार्यालयमा आवेदन दिनुपर्नेछ ।
गोप्य शिलबँदी आवेदन पेश गर्दा आफुले लिन चाहेको सेयर संख्या र दरभाउ उल्लेख गर्नुपर्नेछ ।
लगानीकर्ताले न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सक्नेछन् ।