22 C
Nepal
Monday, September 16, 2024

कृषि क्षेत्रकै पहिलो आइपीओमा आवेदन खुल्ला

आजदेखि सर्वसाधारणका लागि मुक्तिनाथ कृषि कम्पनी लिमीटेडको आइपीओ निश्कासन हुने भएको छ ।

यो कम्पनी कृषि क्षेत्रमा काम गर्ने देशकै पहिलो पब्लिक कम्पनी पनि हो । यो कम्पनी कृषि क्षेत्रबाट आइपीओ जारी गर्ने देशकै पहिलो कम्पनी पनि हो ।

कम्पनीले ११ लाख ४८ हजार कित्ता सेयर रु. १०० का दरले बिक्री खुला गर्न लागेको हो । आज(मंसिर ८ गते)देखि बिक्री खुल्ला भएको यस कम्पनीको आइपीओमा छिटोमा मंसिर १२ गतेसम्म आवेदन दिन सकिने ब्यबस्था मिलाईएको छ ।

कुल ७० करोड रुपैयाँ चुक्तापूँजी रहेको यो कम्पनीले २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको आइपीओ निस्कासन गर्न लागेको हो ।

यस्तै, कुल निश्कासन हुने कित्ताको ५ प्रतिशतले हुन आउने ७० हजार कित्ता म्युचुअल फण्डहरुका लागि, ३ प्रतिशतले हुन आउने ४२ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको हो ।

यो कम्पनीको आइपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here