23.7 C
Nepal
Friday, September 20, 2024

दोस्रो दिन पनि सोनापुर सिमेन्टको सेयरमूल्यमा नकारात्मक सर्किट

कारोबारको दोस्रो दिन पनि सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज सोमबार पनि कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको हो । ३५० मा कारोबार सुरु भएको यस कम्पनिको सेयर दोश्रो दिन पनि नकरात्मक सर्किट लागेको हो ।

आज यस कम्पनिको सेयरमूल्य १० प्रतिशत घटेर प्रतिकित्ता २८३.५० रुपैयाँ कायम भएको छ । प्रिमियम मूल्य थपेर प्रतिकित्ता २३७.५८ मा आईपीओ जारी गरेको यस कम्पनिको सेयर कारोबारमा आएको दिन देखी लगातार नकरात्मक सर्किट लागिरहेको छ ।

मार्केट डेप्थमा हेर्दा खरीद माग शून्य रहदा बिक्रिमा भने लगभग ४ लाख कित्ता सेयर रहेको देखिन्छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here