27.1 C
Nepal
Tuesday, October 22, 2024

आशा लघुवित्तको छैठौं वार्षिक साधारण सभा सम्पन्न, यी प्रस्ताव पारित

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले सभा संस्थाको केन्द्रिय कार्यालय ककनी, नुवाकोटमा सम्पन्न गरेको हो ।

सभाले हाल कायम रहेको चुक्ता पुँजीको १४ दशमलव २८५७ प्रतिशत बोनश सेयर र ० दशमलव ७१४३ प्रतिशत नियमानुसार लाग्ने कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८ ७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति एंव निजको पारिश्रमिक निर्धारण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावलगायत अन्य प्रस्ताव पारित गरेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here