23.7 C
Nepal
Friday, September 20, 2024

जनता लुट्ने घोराहि सिमेन्ट र त्यसलाई स्विक्रिती दिने हमाललाई कारबाही कहिले ? कम्पनिको प्रतिसेयर आम्दानी १.३४ मात्रै !

प्रिमियममा आइपिओ जारी गरेको घोराही सिमेन्टले गत आर्थिक बर्ष २०७९-८० को चौथो त्रैमाससम्मको बित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनिको बित्तिय विवरण अनुसार कम्पनिको बित्तिय अवस्था हरिबिजोक रहेको देखिएको छ ।

कम्पनिले सार्बजिक गरेको बित्तिय विवरण अनुसार प्रतिसेयर आम्दानी १.३४ रहेको छ । त्यस्तै कम्पनिको प्रतिसेयर नेटवर्थ २६९.५६ रहेको देखिन्छ ।

एक हिसाबले भन्ने हो भने कम्पनिको बित्तिय अवस्थामा पहिरो गएको देखिन्छ । २०७९ असार सम्ममा २१ करोड भन्दा बढी खुद नाफा गरेको देखाएको कम्पनिले आइपिओ जारी गरेपछीको विवरणमा ५ करोड ३४ लाख हाराहारी मात्रै खुद नाफा गरेको देखिएको छ ।

राम्रो कम्पनी भनेर प्रिमियममा आइपिओ जारी गरेको घोराही सिमेन्टले हाल सार्वजनिक गरेको बिबरणलाई हेर्दा यसअघी आइपिओ जारी गर्नु अघीको बित्तिय विवरणहरु र आइपिओ जारी गरेपछीको बित्तिय विवरण हेर्दा आकाश पातलको फरक रहेको देखिन्छ । यसले यसअघीको बित्तिय विवरणमा पनि सङ्का गर्ने ठाउँ देखिन्छ ।

हुनत यो कम्पनी आइपीओ जारी गर्दा देखी नै बिबादित देखिन्छ । ” घोराही सिमेन्टले दिउसै लगानीकर्ता लुट्यो , आइपिओमा पनि घाटा भएको यो सायद पहिलोपल्ट होला , अब त आइपिओमा पनि स्टपलस गर्नुपर्ने यो कस्तो जमाना आयो, ” एक लगानिकर्ता भन्छन ।

यस कम्पनिको प्रिमियममा आइपिओ जारी गर्दा पैसा खाएर अनुमती दिएको आरोप धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाललाई लगानिकर्ताले लगाउदै आएका छन ।

यस घोराही सिमेन्ट र धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल मिलेर नियम बिपरित स्वार्थ बाझिने कम्पनिको रेटिङलाई सदर गर्दै प्रिमियममा आइपिओ जारी गर्न दिएर नितिगत भ्रस्टचार गरेको भन्दै केही समय अघी लगानिकर्ताहरु मिलेर अख्तियारमा उजुरी दिएका छन । यसै बिषय र अन्य केही बिषय समेत जोडेर धितोपत्र बोर्ड अध्यक्ष हमालले भ्रस्टचार गरेको लगायतका कारण देखाउदै ति लगानिकर्ताले अदालतमा समेत मुद्दा दाँयर गरेको खबर बाहिरिएको थियो ।

हुनपनी प्रिमियममा आइपिओ जारी गरेको बेला लगानिकर्ताले आइपिओ बहिस्कार गर्दै गर्दा फर्जी र कृतिम आबेदन दिदै कृतिम माग देखाउदै लगानिकर्तालाई भ्रममा पारेर आइपिओ जारी गर्न सफल भएको थियो । पैसा नभएको खाताबाट एक जनाले १० लाख कित्ताका दरले लगभग १४ जनाले आबेदन दिएको खबर त्यतिखेरै बाहिरिएको थियो । तर यसरी कृतिम माग देखाएर ओभरसब्स्क्राइब्ड देखाउदै जनतालाई झुक्याएको यस घोराही सिमेन्टलाई काराबाही गर्नुको साटो घितोपत्र बोर्ड अध्यक्ष रमेश कुमार हमालले यस कम्पनिको आइपिओ केही समय होल्ड गरे जस्तो गरेर फेरी समय थप गर्दै घोराही सिमेन्टको यस कदमलाई सहयोग गरेका थिए ।

हुनत पैसा फिर्ता गर्नेले गर्न सक्ने भनिएतापनी झन्झटिलो ब्यबस्था थियो । बैंकलाई निबेदन लेख्नुपर्ने थियो तर केही समयसम्म बैंकमा जादा लिखित निर्देशन नआएको भन्दै पैसा फिर्ता गरिदिएनन , केहीले समय अभाबले कार्यालय धाएर प्रकृया पुर्याउन सकेनन भने धेरैलाई प्रकृया पुरा गर्न नै आएन , यसरी जसोतसो छलकपट समेत गरेर अगाडि बढाईएको थियो, यस कम्पनिको आइपिओ । यो कम्पनि दोश्रो बजारमा लिस्टिङ भएको दिन नै नेगटिभ सर्किट लागेको थियो । त्यसदिन देखी यस कम्पनिको मुल्य निरन्तरजसो घटिरहेको छ ।

अहिले पनि घोराही सिमेन्ट इन्डस्ट्रीको सेयरको मुल्य ओरालो लाग्ने क्रम जारी रहेको छ । यसैक्रममा यस् कम्पनिको सेयर आईपीओको मूल्य भन्दा पनि कम मुल्यमा पाईने भएको छ । हाल यसको मुल्य ४०८ रहेको छ ।

कम्पनीले सर्वसाधारणलाई आइपिओ जारी गर्दा अंकित मूल्य १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ४३५ रुपैयाँमा आइपिओ जारी गरेको थियो।

यस कम्पनिले आइपिओ जारी गर्दा नियम बिपरित गरिएको रेटिङ देखाएर प्रिमियममा आइपिओ जारी गरेको थियो ।

यस कम्पनिले प्रिमियममा आइपिओ जारी गर्दा धितोपत्र बोर्डका प्रमुख हमाल आर्थिक प्रलोभनमा परेको भनेर धेरै लगानिकर्ताले आरोप लगाउने गरेका छन ।

नियामक निकाय धितोपत्र बोर्डले नियमबिपरित गराएको रेटिङ देख्दा देख्दै पनि प्रिमियममा आइपिओ जारी गर्न दिनुले र अर्बौ ॠण भएको र करोडको लगानिमा हजार कमाउने कम्पनिलाई प्रिमियममा आइपिओ जारी गर्न दिनुले मिलोमतो र आर्थिक प्रलोभनमा परी हमालले प्रिमियममा आइपिओ जारी गर्न दिएको प्रस्ट हुने एक लगानिकर्ता बताउछन ।

हुन पनि सामान्य रुपमा हेर्दा नियमबिपरितको रेटिङ देखाएर आइपिओ जारी गर्ने घोराही सिमेन्टलाई कारबाही हुनुपर्ने हो , तर अहिलेसम्म दबाब र प्रभाबमा परी कारबाहीबाट जोगिएको देखिन्छ ।

आइपिओ जारी गर्दा पनि फर्जी आबेदन दिएर कृतिम माग सिर्जना गरी लगानिकर्ता फसाउने खेल घोराही सिमेन्टले गरेको देखिन्छ । उक्त फर्जी आबेदनको बारे अहिलेसम्म कुनै कारबाही भएको छैन ।

घोराहीमा प्रिमियमको खेल सफल भएपछी अन्य धेरै कम्पनिलाई प्रिमियममा आइपिओ जारी गर्न धितोपत्र बोर्डले दिएको छ ।

फर्जी आबेदन र नियमबिपरितको रेटिङ पेस गरी लगानिकर्ता भ्रमित पारी लगानिकर्तालाई फसाउने घोराहि सिमेन्ट र त्यसलाई सदर गर्दै कमजोर कम्पनिलाई प्रिमियममा आइपिओ जारी गर्न अनुमती दिने धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाललाई कारबाही हुनुपर्ने माग झन झन बढीरहेको छ ।

आर्थिक प्रलोभनमा परेर प्रिमियम आइपिओको अनुमती दिएको लगानिकर्ताले आरोप लगाईरहेको हुनाले उनको सम्पत्ति पनि छानबिन हुनुपर्ने लगानिकर्ताले माग गरिरहेका छन ।

घोराही सिमेन्टले नियम बिपरितको स्वार्थ बाझिने रेटिङ देखाएको र फर्जी आबेदन दिएर कृतिम माग सिर्जना गरी लगानिकर्तालाई भ्रमित पार्दै फसाएर उठाएको प्रिमियमबापतको रकम लगानिकर्तालाई फिर्ता गर्नु पर्छ – एक लगानिकर्ता भन्छन ।

“प्रिमियमको बाढी ल्याउने धिबो प्रमुख रमेश कुमारको सम्पत्ति छानबिन हुनुपर्छ” अर्का एक सेयर बजारका जानकार लगानिकर्ता भन्छन ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here