27.1 C
Nepal
Tuesday, October 22, 2024

तीन ब्रोकर कम्पनीहरूलाई शाखा खोल्न सेवोनले दियो अनुमति

नेपाल धितोपत्र बोर्ड (सेवोन) ले थप तीन ब्रोकर कम्पनीहरूलाई शाखा खोल्न अनुमति दिएको छ । बोर्डले पछिल्लो समय पोखरामा दुई र भक्तपुरमा एक शाखा विस्तारका लागि अनुमति दिएको हो ।

बोर्डले पछिल्लो समय शनि सेक्यूरिटिज, आर्यतारा इन्भेष्टमेन्ट र नासा सेक्यूरिटिजलाई शाखा विस्तारका लागि अनुमति प्रदान गरेको हो । नासा सेक्यूरिटिज र शनि सेक्यूरिटिजले पोखरामा र आर्यतारा इन्भेष्टमेन्टले भक्तपुरमा शाखा खोल्न अनुमति पाएको बोर्डले जनाएको हो । बोर्डले आवश्यक कागजात समयमै पेश भएको खण्डमा पछिल्लो समय बढीमा १५ दिनभित्र शाखा खोल्न अनुमति प्रदान गर्ने नीति लिएको छ ।

यसअघि बोर्डले ११ सेयर ब्रोकर कम्पनीलाई शाखा विस्तार अनुमति दिएको थियो। बोर्डले नयाँ निर्देशिका जारी गर्दै ११ कम्पनीलाई २० स्थानमा शाखा खोल्न स्वीकृति दिएको थियो। ४ फागुनमा ‘धितोपत्र दलाल व्यवसायीले शाखा खोल्नेसम्बन्धी निर्देशिका, २०७९’ लागू गरेको बोर्डले न्यूनतम चुक्ता पुँजीमा थप डेढ करोड चुक्ता पुँजी भएपछि शाखा कार्यालय खोल्न सक्ने व्यवस्था छ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here