अधिकांश वाणिज्य बैंकले ब्याजदर घटाएको ब्याजदर कात्तिक १ (आज) देखि लागू हुने छ । कार्तिक महिनाका लागि भनेर प्रकासित ब्याजदर अधिकांश वाणिज्य बैंकले ब्याजदर घटाएका हुन् । बजारमा पर्याप्त तरलता भएपछी बैंकहरुले ब्याजदर घटाएका थिए ।
कार्त्तिक महिनाका लागि १४ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाउदा दुई वटा बैंकले बढाएका छन् । चारवटा बैंकले भने ब्याजदर स्थिर राखेका छन ।
सबैभन्दा बढी ब्याजदर एभरेष्ट बैंकले घटाएको छ । बैंकले असोजमा भन्दा कात्तिकमा १.८३ प्रतिशत विन्दुले ब्याज घटाएको हो । त्यस्तै प्राइम कमर्सियल बैंकले १.११ प्रतिशत विन्दुले, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १.०२ प्रतिशतले र नविल बैंकले असोजमा भन्दा १.०३ प्रतिशत विन्दुले ब्याज घटाएका छन् ।
अन्तरबैंक ब्याजदर अहिले २ प्रतिशतभन्दा तल छ ।