13.6 C
Nepal
Friday, November 8, 2024

बैंकहरुले दुई महिनामा कमाए १६ अर्ब ६४ करोड नाफा

हाल सन्चालनमा रहेका बिभिन्न वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दुई महिनामा १६ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ नाफा कमाएका छन ।

यस अबधिमा २० वटा बैंकले १६ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ नाफा कमाउदा सबै भन्दा धेरै नाफा कमाउने बैंक ग्लोबल आइएमई रहेको छ ।

राष्ट्र बैंकका अनुसार ५ वटा बैंकले अर्ब बढी नाफा कमाएका छन् । बाँकी १५ बैंकको नाफा अर्बभन्दा कम देखिएको छ ।

दोश्रो धेरै नाफा कमाउनेमा नबिल बैंक र तेस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेका छन् ।

भदौसम्म ग्लोबल आइएमई बैंकले १ अर्ब ७५ करोड ५८ लाख रुपैयाँ नाफा कमाउदा नबिल बैंकले १ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ ।

यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले दुई महिनामा १ अर्ब ४८ करोड ६५ लाख रुपैयाँ कमाउदा हिमालयन बैंकले १ अर्ब २३ करोड २४ लाख, कुमारी बैंकले १ अर्ब १४ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको देखिन्छ ।

यस अबधिमा सबैभन्दा कम नाफा कमाउनेमा नेपाल एसबीआई बैंक रहेको छ । यस बैंकले सो अबधिमा जम्मा २७ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको देखिन्छ ।

राष्ट्रिय वाणिज्य बैंकले दुई महिनामा ८७ करोड, प्राइम बैंकले ८३ करोड ६५ लाख, लक्ष्मी सनराइज बैंकले ८१ करोड ४० लाख, एनआईसी एसिया बैंकले ८० करोड, एनएमबि बैंकले ७६ करोड ७० लाख, एभरेष्ट बैंकले ७१ करोड २५ लाख, नेपाल बैंकले ७० करोड ७१ लाख रुपैयाँ नाफा कमाएका छन ।

यस्तै प्रभु बैंकले चालु आवको दुई महिनामा ६६ करोड ४१ लाख, कृषि विकास बैंकले ६१ करोड ५६ लाख, सिद्धार्थ बैंकले ५८ करोड ६५ लाख, सानिमा बैंकले ५१ करोड २० लाख, स्टयान्डर्ड चार्टर्ड बैंकले ४८ करोड ४५ लाख, सिटिजन्स बैंकले ४४ करोड ३१ लाख, माछापुच्छ्रे बैंकले ३७ करोड ६३ रुपैयाँ नाफा आर्जन गरेको देखिन्छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here