15.6 C
Nepal
Wednesday, February 5, 2025

साढे ५ लाख बढी कित्ता सिनर्जी पावरको सेयर भोलिबाट लीलाम बिक्रीमा, न्यूनतम मूल्य १००

सिनर्जी पावर डेलभपमेन्टले सर्वसाधारण समूहको अवितरित ५ लाख ६३ हजार २६१ कित्ता सेयर लिलामी बिक्री गर्ने निर्णय गरेको छ । यो सेयर भोलि कात्तिक १ गतेबाट बिक्रिमा आउनेछ ।

कम्पनीले गत भदौ ३ गतेदेखि भर्दा ३१ गतेसम्म चुक्तापुजिको ५० प्रतिशत हकप्रद बिक्री खुला गर्दा बिक्री नभएको सेयर लीलाम बिक्रिमा राख्न लागेको हो ।

कम्पनिले सर्वसाधारण समूहको ५ लाख ६३ हजार २६१ कित्ता सेयर बिक्री राख्दा प्रतिकित्ता न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकेको छ ।

यो सेयर खरिद गर्दा न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्तामा आबेदन दिन सकिनेछ ।

लगानीकर्ता बोलपत्र काठमाण्डौको नक्सालस्थित सानिमा क्यापिटल तथा सानिमा बैंकको हेटौँडा, नारायणगढ, विराटनगर, बिर्तामोड, वीरगन्ज, जनकपुर, बुटवल, घोराही, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी, महेन्द्रनगर र पोखरा (न्युरोड) तथा गरिमा विकास बैंकको बागलुङ शाखामा पेस गर्न सकिनेछ।

बोलपत्र पेस गर्ने अन्तिम मिति कात्तिक १५ गते बैंकिङ समयसम्म तोकिएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here