23.1 C
Nepal
Sunday, September 28, 2025

अहिले बजारलाई प्राबिधिक रुपमा हेर्दा कस्तो देखिन्छ ?

spot_imgspot_imgspot_img

२००४.३ को बिन्दुमा बन्द भएको सेयर बजारमा हाल लगानिकर्ता दोधारको स्थितिमा रहेका देखिन्छन । बजार न माथि गएको छ न तल झर्न सकेको छ । बजार केही समय देखी एउटै एरियामा साइडवेजमा रहन खोजेको देखिन्छ ।

बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा

बोलिंगर ब्यान्डबाट हेर्दा यो सातासहित बजार २ सातासम्म लगातार मध्य ब्यन्डमा टिकेको देखिन्छ। अघिल्लो साता १९६० सम्म गएर फर्केको बजार यो साता भने १९९५ सम्म पुगेर फर्केको छ। अहिलेसम्मको स्थिती बोलिङर ब्याण्ड मार्फत हेर्दा बजार बढ्न खोजेपनी बढ्न नसकेको अवस्थामा बढ्ने भन्दा केही घट्न सक्ने देखिन्छ ।

म्याक्डीमार्फत हेर्दा बजारले केही समयपहिले बियरिस क्रसओभर बनाएको थियो। जुन यो साता पनि भ्यालिड नै छ। हिस्टोग्राम नेगेटिभ र बोल्ड नै छन्।

आरएसआई भने ४९ को न्युट्रल तहमा रहेको छ। सबै इन्डिकेटरमार्फत हेर्दा बजारमा यो सेलिङ प्रेसर रहेको देखिन्छ।

पिभट प्वइन्टका आधारमा

बढेमा प्रतिरोध

प्रतिरोध १– २०८१
प्रतिरोध २– २१७२
प्रतिरोध ३– २०८१

पिभट प्वइन्टः २०३३

घटेमा सपोर्ट

सपोर्ट १– १९४२
सपोर्ट २– १८९४
सपोर्ट ३– १८०३

निष्कर्ष
समग्रमा हेर्दा बजार बड्ने भन्दा घट्ने सम्भाबना बढी देखिन्छ । पिभटमार्फत हेर्दा यो साता पिभट प्वइन्ट २०३३ मा प्रतिरोध सामना गरेको छ। त्यहाँबाट माथि लागेमा बजारले करिब २२०० सम्म पुग्ने देखिन्छ सक्ने देखिन्छ।

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here