15.6 C
Nepal
Wednesday, February 5, 2025

कैलाश हेलिकोप्टरले आईपीओ ल्याउने

कैलाश हेलिकोप्टर सर्भिसेसले आईपीओ ल्याउने तयारी गरेको छ ।

यस हेलिकोप्टर कम्पनी आइपिओ ल्याउन पब्लिक कम्पनी लिमिटेडमा परिणत भएको छ । कम्पनीले पुजी ब्रिद्धी गरी सेवा बिस्तार गर्नका लागि आइपिओ जारी गर्ने भएको हो ।

२०७३ साल फागुन १७ मा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएर २३ मार्च २०१८ मा सेवा आरम्भ गरी ३ वटा एअरबस एएस३५०बाट सेवा गरिरहेको कम्पनी असार २४ गतेको निर्णयबाट प्राइभेट कम्पनी ( प्रालि) बाट पब्लिक कम्पनी (लिमिटेड) मा परिणत भएको हो ।

गत असार ३१ गतेदेखि कम्पनी ऐन, २०६३ को दफा ६३ बमोजिम कारोबार गर्न प्राप्त स्वीकृति तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको मिति २०६० असोज ८ बाट एओसी संोधित भई कैलाश हेलिकोप्टर पब्लिक कम्पनी परिणत भएर सेवा दिईरहेको छ ।

यस कम्पनीले हेलिकोप्टर थप गरेर सेवा बिस्तार गर्ने निती लिएको छ। त्यसअघि नै आईपीओमा जाने प्रक्रिया अगाडि बढाउने छ।

उड्डयन प्राधिकरणले हाल सञ्चालित हेलिकोप्टर कम्पनीहरुका ५ वर्षमा ५ वटा हेलिकोप्टर हुनैपर्ने व्यवस्था गरेको छ। त्यही ब्यबस्था अनुसार हेलिकप्टर थप्न चाहिने पुजी जुटाउन आइपिओ जारी गर्न लागेको हो ।

हाल ३ वटा हेलिकोप्टरमार्फत सेवा प्रदान गरिरहेको कम्पनीले सन् २०२४ मा एउटा र सन् २०२६ मा एउटा थप गरी सन् २०२६ सम्म ५ हेलिकोप्टर बनाउने योजना बनाएको छ। आईपीओ ल्याउने यकिन मिती तोकिएको छैन ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here