27.1 C
Nepal
Tuesday, October 22, 2024

संक्रमणकालीन न्याय कुनै दलविशेषको मुद्दा होइन : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय कुनै दलविशेषको सरोकारको विषयमात्र नभएको बताएका छन् ।

उनले यो देशले समाधान गर्नुपर्ने राष्ट्रिय मुद्दा भएको पनि बताएका छन् । सोमबार प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा उनले अन्तर्राष्ट्रिय मानवीय कानुन, पीडित तथा सरोकारवालाबाट प्राप्त सुझाव र सर्वोच्च अदालतको आदेशको आधारमा संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक पेश गरेको पनि बताए ।

‘यो कुनै दल विशेषको मुद्दा सरोकारको मुद्दा होइन । देशले समाधान गर्ने राष्ट्रिय मुद्दा हो । यसललाई सरकारले उच्च प्राथमिकतामा राखेको छ’ प्रधानमन्त्री प्रचण्डले भने ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here