26.6 C
Nepal
Wednesday, February 5, 2025

नेप्सेमा आज हरियाली, ४४ अङ्कले बढ्यो सेयर बजार

आज सेयर बजार ४४ अङ्कले बढेको छ । आज २.२८ प्रतिसतले बढ्दै सेयर बजार १९८६.९ को बिन्दुमा बन्द भएको छ ।

सेयर बजारमा आज १ अर्ब ४९ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुमा थ्री स्टार हाइड्रोपावर, मेन्चियाम हाइड्रोपावर, मोलुङ हाइड्रोपावर , सिद्धार्थ प्रिमियर इन्सुरेन्स , प्रोगेसिभ फाइनान्स कम्पनी लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा हिमालयन एभरेस्ट इन्सुरेन्स प्रमोटर,सुर्योदय वोमी लघुबित्त, आशा लघुबित्त, शुभम पावर,हिमालयन लघुबित्त लगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा साल्ट ट्रेडिङ कर्पोरेसन,एभरेस्ट बैंक, चिलिमे हाइड्रोपावर, सोल्टी होटल, शिभम सिमेन्ट लगायतका कम्पनिहरु रहेका छन ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here