21 C
Nepal
Monday, September 29, 2025

रु.१० अर्बको ६ बर्षे विकास ऋणपत्र जारी गर्ने तयारीमा राष्ट्र बैंक, आइतबार बोलकबोल हुने

spot_imgspot_imgspot_img

केन्दिय बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८६ ‘ज’ जारी गर्ने निर्णय गरेको छ।

केन्द्रीय बैंकले भदौ ११ गते जारी गर्ने ६ वर्षे अवधिको विकास ऋणपत्रका लागि भदौ १० गते बोलकबोल हुने भएको छ ।

यसमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिक जो कसैले बोलकबोलमा भाग लिना पाउनेछन ।

अर्धवार्षिक रुपमा भुक्तानी हुने यसको ब्याजदर पनि बोलकबोलमार्फत हुनेछ। ऋणपत्र

२०८६ भदौ ११ गते परिपक्व हुनेछ। यो ऋणपत्र धितो राखी कर्जा लिन तथा दिन पाइनेछ। यसको ब्याजमा ब्याजकर लाग्नेछ ।

बोलकबोलमा इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन पाउने ब्यबस्था मिलाईएको छ । प्रतिस्पर्धीका लागि रु. ५ अर्ब ५० करोड र अप्रतिस्पर्धी बोलकबोलहरुका लागि रु. १ अर्ब ५० करोड छुट्याइएको छ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here