23.7 C
Nepal
Friday, September 20, 2024

सरकारले दियो धितोपत्र निष्कासन नियमावली संशोधन स्वीकृति

काठमाण्डौ । सरकारले धितोपत्र निष्कासन नियमावली, २०८० संशोधन गर्नका लागि स्वीकृति दिएको छ।

नियमावली संशोधन गर्न नेपाल धितोपत्र बोर्डलाई मन्त्रिपरिषदको बुधबार बसेको बैठकले स्वीकृति दिएको हो ।

धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ११६ को उपदफा १ अनुसार धितोपत्र बोर्डलाई धितोपत्र निष्कासन नियमावली, २०८० संशोधन गर्न सरकारले स्वीकृत दिएको हो ।

धितोपत्र बोर्डले अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पेस गरेको उक्त नियमावली मन्त्रालयले अध्ययन गरेपछी मन्त्रिपरिषद्को बैठकमा स्वीकृतिका लागि पेस गरेको थियो त्यसलाई सरकारले स्वीकृति प्रदान गरेको हो।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here