20 C
Nepal
Monday, September 29, 2025

सन नेपाल लाइफको आईपीओ भर्ने आज अन्तिम दिन, आज सम्म २.०२ गुणाले ओभरसब्स्क्राइबड

spot_imgspot_imgspot_img

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा आज भाद्र ४ गते बैंकिङ समयसम्म आवेदन दिन पाइने व्यवस्था छ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी २३९ रुपैयाँमा आइपिओ निस्काशन गरेको थियो ।

सीडीएससीका अनुसार यो आईपीओमा आज बिहान १० बजेसम्म १३ लाख ६८ हजार ८६० आवेदकबाट कुल १ करोड ५५ लाख ७८ हजार ०४० कित्ताका लागि आवेदन परेको छ। जुन मागभन्दा २.०२ गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिनेछ। जमा भाग्यमानी ७ लाख ६८ हजार आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।

सन नेपाल लाइफको आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here