25.8 C
Nepal
Wednesday, September 18, 2024

बैंकले ब्याजदर घटाए आफुहरुले लिएको ऋण तिर्ने उद्योगी व्यवसायीको भनाई

उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशसभाको छैटौं साधारणसभामा बोल्दै उद्योगी तथा व्यवसायीहरूले बैंकको ब्याजदर घटाए आफूहरूले बैंकबाट लिएको ऋण तिर्न तयार रहेको बताएका छन् । बिहिबार उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशसभाको छैटौं साधारणसभामा बोल्दै उद्योगी तथा व्यवसायीहरूले यस्तो बताएका हुन्। 

उद्योग वाणिज्य महासंघ केन्द्रीय समितिका बस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठले राष्ट्र बैंकको नीतिकै कारणले बैंक चर्को ब्याज लिएको बताए।  उनले सरकारले नयाँ मौद्रिक नीति ल्याउन समेत माग गरे । 

उपाध्यक्ष श्रेष्ठले भने, ‘अहिले सरकार र राष्ट्र बैंकका कारणले नै उद्योगी तथा व्यवसायीहरू मारमा परेका छन् । सरकार र राष्ट्र बैंकले नयाँ मौद्रिक नीति ल्याएर देशमा निम्तिएको आर्थिक संकटलाई सच्याउनुपर्छ ।’ विश्वमा आएको आर्थिक मन्दीका कारण नेपालमा त्यसको लक्षण देखिन थालेको उपाध्यक्ष श्रेष्ठले बताए । ‘अहिले विश्वमा नै आर्थिक मन्दी आएको छ । नेपालमा बैंकहरू ब्याज बढाएका छन् ।’ उनले भने,‘यसको असर अहिले बजारमा देखिन थालेका छन् ।’

आर्थिक विकासका लागि नीजि क्षेत्रमा महत्त्वपूर्ण भूमिका रहेको आर्थिक मन्दीको असर अहिले बजारमा देखिन थालेको यसलाई सच्याउनका लागि सरकारले पहल थाल्नुपर्ने उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले बताए । ठूलाबडाहरूलाई अहिलेको आर्थिकको मन्दीले न छोएको तर साना व्यवसायी तथा सर्वसाधारणमा आर्थिक मन्दीको असर देखिन थालेको अध्यक्ष शाहीले प्रष्ट्याए।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here