29.7 C
Nepal
Wednesday, September 18, 2024

उपराष्ट्रपतिमा एमालेकी अष्टलक्ष्मी शाक्यको उम्मेदवारी दर्ता

 उपराष्ट्रपति पदमा नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् ।

शनिबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा गई उनले उपपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

शाक्यको प्रस्तावकमा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण बिष्ट, रघुवीर महासेठ छन् ।

समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने, यशोदा रिजाल रहेका छन् । उपराष्ट्रपतिको निर्वाचन ३ चैतमा हुँदैछ ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उम्मेदवार शाक्यले लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले आफ्नो उम्मेदवारीबारे सोच्न जरुरी रहेको बताइन् । लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले सोच्न जरुरी छ । लोकतन्त्रमा हामी विश्वास गर्ने भएकाले सबैको सहयोग रहनेछ’ उनले भनिन् ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here