11 C
Nepal
Friday, November 14, 2025

आक्रामक रुपमा कर्जा बिस्तार गर्दै एनआइसी बैंक – ल्यायो यस्ता योजनाहरु

spot_imgspot_imgspot_img

आर्थीक मन्दिको कारण बजारमा ॠण प्रबाह कम भईरहेको अवस्थामा ॠण लिन उत्साहित पार्ने गरी एनआइसी एशिया बैंक लिमीटेडले सेयर कर्जा लगायतका अन्य कर्जाहरुमा आक्रामक रुपमा बिस्तार गर्ने योजना अनुरुप बिभिन्न रणनीति सार्वजनिक गरेको छ ।

एनआइसी एशिया बैंकले सेयर धितो कर्जा, घर कर्जा र साना व्यवसाय कर्जामा आक्रामक रुपमा लगानी बढाउने भन्दै बिभिन्न योजनाहरु सार्वजनिक गरेको छ ।

अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट शेयर धितो कर्जा गरी तीन कर्जा योजना सार्वजनिक गरेको छ ।

बैंकले न्यूनतम रू. २५ लाखदेखि अधिकतम रू. १२ करोडसम्मको अठोट घर कर्जा योजना ल्याएको छ । २५ वर्षसम्मको कर्जा अवधि रहेको यस अठोट घर कर्जा ग्राहकहरुले न्यूनतम ब्याजदरमा लिन सक्ने बैंकको भनाइ रहेको छ । यो कर्जा लिएर निजी आवासीय घर खरिद गर्न, निजी आवासीय अपार्टमेन्ट खरिद गर्न, निजी आवासीय घर निर्माण गर्न, निजी आवासीय घर मर्मत तथा तला थप्न र निजी आवासीय घर निर्माण गर्न जग्गा खरिद गर्न सकिने बैंकले भनाइ छ ।

साथै,अन्य वित्तीय संस्थामा रहेको व्यक्तिगत आवासीय घरकर्जा यस बैंकको अठोट घर कर्जामा ल्याउन सकिने छ ।

बैंकले ल्याएको अठोट साना व्यवसाय कर्जामा न्यूनतम रू. २५ लाखदेखि अधिकतम रू. ५ करोडसम्म कर्जा उपलब्ध हुनेछ । अधिकतम १५ वर्ष कर्जा अवधि कायम गरिएको छ । ब्याजदर आकर्षक हुने बैंकको भनाइ छ । साना तथा मझौला व्यवसाय तथा कृषि व्यवसायहरुका लागि भनेर ल्याएको यस कर्जा लगानीकर्ताहरुले सञ्चालित वा नयाँ व्यवसायहरुको अल्पकालीन वा दीर्घकालीन लगानी आवश्यकताका लागि प्रयोग गर्न सक्नेछन् ।

त्यसैगरी, बैंकले ल्याएको न्यूनतम रू. ५० लाखदेखि अधिकतम रू. १२ करोडसम्मको अठोट शेयर धितो कर्जा १ वर्षको भुक्तानी अवधि (वार्षिक रुपमा नवीकरण गर्न सकिने) रहेको बैंकको भनाइ छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here