25.5 C
Nepal
Monday, September 29, 2025

आजसम्म कायम सेयरधनीले अपर तामाकोशीको १००% हकप्रद हकप्रद भर्न पाउने

spot_imgspot_imgspot_img

अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडकाे १०० प्रतिसत हकप्रद सुरक्षित गर्ने आज साउन २५ गते अन्तिम दिन रहेकाे छ ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि भाेलि साउन २६ गते, बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, आज साउन २५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद भर्न योग्य हुनेछन्।

अपरले शत प्रतिशत अर्थात १ः१ को अनुपातमा हकप्रद जारी गर्ने स्वीकृति यसअघि नेपाल धितोपत्र बोर्डले दिएको थियो। जस अनुसार कम्पनीले प्रति सेयर १०० रुपैयाँको दरले हुने १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद निष्कासन गर्नेछ ।

अपरको हालको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ जुन हकप्रद पछि २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका छन् ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here