25.5 C
Nepal
Monday, September 29, 2025

अरुण काबेलीको भदौ ८ देखि हकप्रद आउँदै, उठेको रकम ॠण तिर्न र लगानी गर्न प्रयोग गरिने

spot_imgspot_imgspot_img

अरुण काबेली पावर कम्पनी लिमिटेडले हकप्रद सेयर भदौ ८ गतेदेखि हकप्रद निस्कासन बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले आफ्नो चुक्ता पूँजीको शत प्रतिशत अर्थात १०० प्रतिशत हकप्रद सेयर निष्काशन जारी गर्ने स्वीकृति नेपाल धितोपत्र बोर्डबाट प्राप्त गरेको थियो। जस अनुसार अनुसार कम्पनीले १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ बराबरको १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर निष्काशनको मिती तोकेको हो ।

हकप्रद निष्काशन तथा बाँडफाँट पश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ पुग्नेछ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि असार २५ गते बुकक्लोज गरेको थियो । त्यसैले, असार २४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै हकप्रद सेयर भर्न पाउनेछन् ।

कम्पनिको हकप्रदमा भदौ २८ गतेसम्म आवेदन दिन पाइनेछ ।

यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई इक्राएनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। जसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत सुरक्षित रहेको संकेत गर्दछ।

हकप्रद सेयर निष्काशनबाट संकलन भएको रकममा ६५ करोड ५२ लाख रुपैयाँ काबेली बि १ जलविद्युत आयोजना निर्माणका लागि बैंकबाट लिएको दीर्घकालिन ऋण आंशिक तिर्न र १२० करोड रुपैयाँ काबेली इनर्जी लिमिटेडले निर्माण गरिरहेको काबेली ए जलविद्युतमा लगानी गर्ने जनाएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here