14.8 C
Nepal
Thursday, November 13, 2025

वारेन बफेटको कम्पनीले कमायो ३६ अर्ब डलर, प्रतिकित्ता सेयरभाउ ५.३३ लाख डलर माथि

spot_imgspot_imgspot_img

बर्कसायर हाथवे कम्पनीले चालु वर्षको दोस्रो त्रैमासिक प्रतिवेदन शनिबार सार्वजनिक गरेको छ। 

दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीले ३५.८ अर्ब डलर आम्दानी गरेको छ। अघिल्लो वर्षको यही अवधिमा भने कम्पनीले ४३.६ अर्ब डलर नोक्सानी व्यहोरेको थियो। 

चालु वर्षको पहिलो त्रैमासमा भने कम्पनीले करिब २६ अर्ब डलर आम्दानी गरेको थियो। 

पछिल्लोपटक वारेन बफेटको कम्पनीले इन्स्योरेन्स कम्पनीबाट उच्च आम्दानी गरेको पनि अन्तर्राष्ट्रिय सञ्चार माध्यामहरुले जनाएका छन्। बफेटले सरकारी इन्स्योरेन्स कम्पनीमा लगानी बढाएका थिए। 

अघिल्लो वर्ष बफेटको इनर्जी तथा रेलरोड कम्पनीबाट भने उच्च नोक्सानी भएको थियो। यो वर्ष भने बफेटको कम्पनीले इन्स्योरेन्स अन्डरराइटिङ  तथा नयाँ लगानीबाट उच्च आम्दानी गरेको हो। 

बफेट्को हाथवे कम्पनीको हाल दोस्रो बजारमा प्रतिकित्ता सेयर ५ लाख ३३ हजार ६०० अन्तिम कारोबार भएको छ। –एजेन्सी

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here