8.8 C
Nepal
Sunday, February 15, 2026

इम्पेयरमेन्ट चार्ज ह्वात्तै बढ्दा कुमारी बैंकको नाफा घट्यो, वितरणयोग्य मुनाफा ८४ करोडले ऋणात्मक

spot_imgspot_imgspot_img

कुमारी बैंकले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिसम्म बैंकले १ अर्ब ९५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो बर्षको तुलनामा २४.१४ प्रतिशतले घटी हो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ७७.११ प्रतिशतले बढेर ११ अर्ब १ करोड रुपैयाँ भएको छ। बैंकको सञ्चालन मुनाफा ३ अर्ब ३ करोड रुपैयाँ रहेकोे छ
समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ८४ करोड ८३ लाख रुपैयाँले ऋणात्मक बनेको छ।

बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.७७ प्रतिशत पुगेको छ। बैंकको खराब कर्जा बढ्दा प्रोभिजनका रुपमा राख्नुपर्ने इम्पेयरमेन्ट चार्ज ह्वात्त बढेर ५ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।

बैंकको रिजर्भ १६२.६८ प्रतिशतले बढेर ११ अर्ब ३७ करोड रुपैयाँ पुगेको देखिन्छ ।

समीक्षा अवधिमा बैंकले ३ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ५७.४७ प्रतिशतले घटेर ७.४६ रुपैयाँ कायम भएको छ। बैंकको प्रतिसेयर नेटवर्थ १४०.४७ रुपैयाँ रहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here