11.3 C
Nepal
Monday, December 23, 2024

लुम्बिनी विकास बैंकको नाफा घट्यो

लुम्बिनी विकास बैंकले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

यस अवधि बैंकले ६१ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ३.८८ प्रतिशतले कम हो।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी भने २२.३१ प्रतिशतले बढेर १ अर्ब ८७ करोड रुपैयाँ भएको छ।

बैंकको सञ्चालन मुनाफा ८६ करोड ७३ लाख रुपैयाँ भएको छ। सञ्चालन मुनाफा पनि ७.७० प्रतिशतले घटेको छ।

बैंकको रिजर्भको आकार १६.१० प्रतिशतले बढेर २ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ।

यस अवधिमा बैंकले ४९ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरी ४१ अर्ब ५६ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ।

यस अवधिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ३.०१ प्रतिशत पुगेको छ।

यस अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३९ करोड २७ लाख रुपैयाँ रहेको छ।

बैंकको वार्षिकीकत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १८.११ रुपैयाँ भएको छ। यो भन्दा अघिल्लो वर्ष ईपीएस १९.४० रुपैयाँ थियो।

पीई रेसियो २२.८१ गुणा रहेको छ भने बैंकको प्रतिसेयर नेटवर्थ १८२.८७ रुपैयाँ रहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here