मौद्रिक नितिमार्फत नेपाल राष्ट्र बैंकले नीतिगत दरलाई कम गरेको छ ।
राष्ट्र बैंकले नीतिगत दरलाई ०.५ प्रतिशतले घटाएर ६.५० प्रतिशतमा झारेको हो ।
नीतिगत दर घटेसँगै बैंकहरुलाई ब्याजदर घटाउने अनुमान गरिन्छ ।
यसैगरी, राष्ट्र बैंकले निक्षेप बोलकबोल दरलाई एक प्रतिशत विन्दुले घटाउने व्यवस्था गरिएको प्रष्ट पारेको छ । यस्तो दर हाल ५.५ प्रतिशत रहेकोमा अब ४.५ प्रतिशत कायम भएको छ ।
बैंकदरलाई चाँही साढे ७ प्रतिशत नै राखेको छ।