22.9 C
Nepal
Saturday, February 14, 2026

कोरिया गएर फर्किएकालाई ईपीएस भाषा परीक्षाको खुल्यो आवेदन

spot_imgspot_imgspot_img

कोरियामा काम गरेर फर्किएकालाई ईपीएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाएको छ।

एक सूचना जारी गर्दै कोरियामा ५ वर्ष रोजगार गरेर फर्किएकाले साउन १३ गतेदेखि साउन १५ गतेसम्म आवेदन दिन सक्ने छन । परीक्षा आगामी भदौ १८ गतेदेखि भदौ २९ गतेसम्म हुनेछ। नतिजा प्रकाशन भने असोज ३ गते हुने छ।

दक्षिण कोरियाबाट काम गरी वैधानिक तवरले फर्केका कामदारलाई पुनः कामदारका रुपमा पठाउने प्रक्रियाअनुरुप आवेदन खुला गरिएको सूचनामा उल्लेख छ।

इच्छुक नेपाली नागरिक हुनुपर्ने, ईपीएसअन्तर्गत कोरियामा रोजगारी प्राप्त गरेका र सन् २०१० जनवरी १ पश्चात भिसा अवधिभित्रै स्वेच्छिक रुपले नेपाल फर्केका कामदारले आवेदन दिन सक्नेछन्। आवेदकको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्नेछ।

यसैगरी फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियामा गई गैरकानुनी रुपमा बसोबास नगरेको, नेपालबाट अन्य मुलुकमा जान रोक नलगाइएको व्यक्ति हुनुपर्नेछ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here