27.1 C
Nepal
Tuesday, October 22, 2024

नेशनल माइक्रोफाइनान्सको ६२,५०० कित्ता सेयर बिक्रिमा, मूल्य कति ?

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । संस्थाका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको ६२ हजार ५ सय कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले संस्थाले उक्त सेयरहरू बिक्री गर्न लागेको हो ।

उक्त सेयरको न्युनतम मूल्य ७ सय ५० रूपैयाँ तोकिएको छ ।

संस्थाले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई असोज २७ गते कार्यलयभित्र आवश्यक कागजपत्र संकलन गरेर संस्थाको सेयर रजिष्टार्ड एनआईबिएल एस क्यापिटल लाजिम्पाट काठमांडौमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।

त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि संस्थाले जनाएको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here