21.7 C
Nepal
Thursday, September 19, 2024

केही बैंकले ब्याजदर घटाउनुको सट्टा बढाएपछी चर्को आलोचना

श्रावण महिनासम्म बैंकहरुले ब्याजदरमा कार्टेलिङ गर्दै आएका थिए । तर श्रावण देखि भने नेपाल बैंकर्स संघको बैठकबाट कार्टेलिङ हटाएर आफ्नो बैंकको ब्याज आँफै निर्धारण गर्ने निर्णय गरे ।

नबिल,प्राइम ,एनएमबि, एनआईसी र कुमारी बैंकले भने ब्यक्तिगत मुद्दती निक्षेपमा ब्याज बढाएका छन । धेरै बैंकले ब्याजदर घटाउदा यि बैंकहरुले भने उल्टो बाटो समातेका छन ।


अधिक तरलता भएको अवस्था तथा ॠण लिन चाहने ब्यबसायीहरुले उच्च ब्याजदरकै कारणले ॠण लिएर ब्यवसाय गर्न नसकेको बेला ठुला र राम्रा भनिएका बैंकले ब्याजदर बढाएको भन्दै चर्को आलोचना र नकारात्मक टिप्पणीहरु भईरहेको छ ।

“जो अगुवा उही बाटो……… ” भन्दै बिस्लेषकहरुले समेत यो निर्णयको बिरोध गरिरहेका छन । अर्थतन्त्रलाई हेरेर यसलाई सहज बनाउन भूमिका खेल्नुपर्ने बैंकहरुले नै ब्याज बढाएर आफ्नो फाईदामात्र हेरेको भनेर बिरोध भएको हो ।

दुई वर्षभन्दा माथिको व्यक्तिगत निक्षेपमा नबिल बैंकले १०.४९ प्रतिशत ब्याज दिने निर्णय गर्यो,तेस्तै प्राइम कमर्सियल बैंकले तीन महिनादेखि माथिको मुद्दती निक्षेपमा १०.९३ प्रतिशत ब्याज दिने निर्णय गर्यो। एनएमबि बैंकले १० वर्षे वा त्योभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपमा १०.९८ प्रतिशत ब्याज दिने र एक वर्षदेखि २ वर्षमुनिको मुद्दती निक्षेपमा ९.५० प्रतिशत र दुई वर्षदेखि १० वर्षमुनिको मुद्दती निक्षेपमा ९.७५ प्रतिशत ब्याज दिने निर्णय गर्यो।

एनआईसी एसिया बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा १०.९४ प्रतिशत ब्याज दिने र कुमारी बैंकले पाँच वर्षभन्दा बढीको व्यक्तिगत मुद्दती निक्षेपमा १०.०१ प्रतिशत ब्याज दिने निर्णय गर्‍यो ।

अर्थ ब्यबस्थालाई सहज बनाउन भन्दा अरु बैंकको पैसा पनि आफ्नो बैंकमा तान्ने फोहोरी खेल खेलेको भन्दै कतिपयले नकरात्मक टिप्पणी गरेका छन ।

याद रहोस् ब्याजदर र सेयर बजारको उल्टो सम्बन्ध हुन्छ अर्थात ब्याज बढेमा सेयर बजार घट्छ र भाईस भर्सा ।

सामाजिक संजालमा बैंकहरुको चर्को आलोचनापछि नबिल बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले उक्त निर्णयको बच्चाउमा एक फेसबुक स्टाटस लेखेका छन्।

उनले उक्त निर्णय रणनैतीक भन्दै लेखेका छन “नबिल बैंकको हकमा, असार सम्म ५.२०% ( NBB लाई प्राप्ति गरेका कारण १ बर्ष सम्म थप १% Spread कायम राख्न पाउने सुविधा सहित) रहेको Spread लाई साउन महिनाभित्र मै ४% मा झार्नुपर्नेछ। यसरी ब्याजदर अन्तर लाई घटाउदा यसको फाइदा ग्राहकहरुलाई दिनुपर्ने हुन्छ। हामीले निक्षेपकर्तालाई ३०% को हाराहारी र कर्जा ग्राहकहरुलाई ७०% हाराहारी लाभ बाड्नुपर्छ भन्ने आधार बनायौ। १८ लाख भन्दा बढि निक्षेपकर्तालाई ३०% लाभ र ४० हजार हाराहारी कर्जा ग्राहकहरुलाई ७०% लाभ दिन खोज्दा पनि सबै लाभ कर्जा ग्राहकहरुलाई दिनुपर्छ भन्ने कुरा पक्कै राम्रो हुन्थेन। कर्जा ग्राहकहरुलाई एक पटक Premium घटाईसके पछी बढाउने कुरामा नेपाल राष्ट्र बैक को निर्दैशन १५ बाधक छदैछ। यसैले यति समझदारीपुर्वक लिईएको रणनैतिक निर्णय नबुझेर नबिल जस्तो बैंकले यसो गर्यो भन्ने टिप्पणी मा जवाफ लेख्न मन लाग्यो।

खुल्ला बजारमा आफ्नो व्यवसायीक रणनीति अनुसार संस्थाहरुले फरक फरक निर्णय लिन्छन र ग्राहकहरुलाई धेरै विकल्पहरू प्राप्त हुन्छ पनि यसर्थ बैकिङ्ग र यसका निर्णय हरुलाई सतही रुपमा बुझेर बितृष्णा फैलाउने प्रकारका टिप्पणी नभईदिए हुन्थ्यो भन्ने अपेक्षा छ।”

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here