11.5 C
Nepal
Wednesday, November 12, 2025

आई.एम.ई. लाइफ इन्स्योरेन्सको आइपिओमा आजबाट आवेदन दिन सकिने

spot_imgspot_imgspot_img

आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज असार २१ गतेबाट सर्वसाधारणमा आइपिओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ। इन्स्योरेन्सले प्रति शेयर अंकित मुल्य रु १०० दरमा प्रिमियम बापत रु १३६.९१ थप गरी जम्मा मुल्य रु २३६.९१ मा १ करोड २० लाख कित्ता साधारण शेयर प्राथमिक निष्काशन गर्न लागेको छ।

कम्पनीले आफ्नो जारी पूंजी रु.४ अर्बको ३० प्रतिशतले हुन आउने रकम रु एक अर्ब २० करोड मात्र) बराबरको प्रति शेयर अंकित मूल्य रु.१००/- दरमा प्रिमियम वापत रु.१३६.९१ थप गरी प्रिमियम मूल्य सहित जम्मा मूल्य रु. २३६.९१ मा १,२०,००,००० कित्ता साधारण शेयरको दश प्रतिशत (१०%) अर्थात १२,००,००० (अक्षरुपी बाह्र लाख मात्र) कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहिरहेका नेपाली नागरिकहरुका लागि सार्वजनिक निष्काशन गरी बाँडफाँड गरेको, पांच प्रतिशत (५%) अर्थात ६,००,००० कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याई र पाँच प्रतिशत (५%) अर्थात ६,००,००० (छ लाख मात्र) कित्ता शेयर कम्पनीका कर्मचारीहरुको लागि प्रति शेयर अंकित मूल्य रु १००- दरमा सुरक्षित गरी बाँकी रहने ९६,००,०० किता शेयरहरुको प्रिमियम मुल्यमा सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गरेको हो।

आई.एम.ई. लाइफ इन्स्योरेन्सको आइपिओ असार २५ गतेसम्म खुल्ला रहने छ भने माग बमोजिम आवेदन नआएमा निष्काशन श्रावण ०४ गतेसम्म लम्बिने छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here