12 C
Nepal
Friday, February 13, 2026

दर्शनार्थीलाई प्रवेश निषेध अहिले पशुपतिमा जलहरी पुनर्स्थापित गरिँदै

spot_imgspot_imgspot_img

पशुपतिको शिवलिङ्गबाट आइतबार निकालिएको जलहरी आज दर्शनार्थीलाई बाहिर राखेर पुनर्स्थापित गरिँदै छ।

पशुपति विकास कोषका एक पदाधिकारीले अहिले पुनर्स्थापित गर्ने काम भइरहेको बताए।

बाहिर गेटमा सुरक्षाकर्मी तैनाथ गरेर जलहरी राखिँदै छ। दर्शनार्थीलाई प्रवेश निषेध गरिएको छ। यसअघि बुधबार बिहान पशुपतिनाथ मन्दिर परिसरमा अख्तियारसहितको टोली पुगेको थियो।

आइतबार अख्तियारले पुरातत्व, गुणस्तर तथा नापतौल विभाग, सुन चाँदी व्यवसायी महासंघ, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, जनप्रतिनिधिसहित २७ जनाको रोहवरमा पशुपतिको शिवलिङबाट २०७८ फागुनमा राखिएको सुनको जलहरी निकालेर नापजाँच गरेको थियो।

सोमबार बिहान २ बजेसम्म लगाएर सुनका ३ वटा रिङ, बासुकी नाग १, जलधारा १, जलहरी ३, नाग ३ सहित ११ पाता सुन निकालेर तौलिएको थियो।

यसको तौल १०६.४३२५ किलो रहेको बताइएको छ।

त्यस्तै प्रयोगमा नआएको भनिएको सुनका २७ थान किला, पाता १, तार ७, ५ थान टुक्रा पनि नापजाँच भएको थियो।र, त्यसको परिमाण १.०३५७५ किलो रहेको बताइएको छ।

यो सबै परिमाण जोड्दा १०७.४६८२५ किलो हुने बताइएको छ।

यद्यपि, अख्तियारले सुनको परिमाण पुगेको नपुगेकोबारे खुलाएको छैन।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here