25.5 C
Nepal
Monday, September 29, 2025

आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियममा आईपीओ जारी गर्दै

spot_imgspot_imgspot_img

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियममा आईपीओ जारी गर्न अनुमति दिएको छ।धितोपत्र बोर्डले अनुमती दिएसङै आईएमई लाइफ नेपालको बीमा क्षेत्रमा पहिलोपटक प्रिमियममा आईपीओ निष्कासन गर्ने कम्पनी भएको छ।

सेबोनले यो कम्पनीलाई चुक्तापुँजीको ३० प्रतिशतबराबरको आईपीओ बिक्री खुला गर्न अनुमति दिएको छ।

सेबोनको अनुमतिसँगै अब कम्पनीले चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने १ करोड २० लाख कित्ता आईपीओ बिक्री खुला गर्नेछ। कम्पनीले १०० अंकित दरमा १३६.९१ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २३६.९१ रुपैयाँ आईपीओ बिक्री खुला गर्नेछ।

कम्पनीले निवेदन दिँदा भने प्रतिकित्ता २७६ रुपैयाँमा आईपीओ बिक्रीको अनुमति मागेको थियो। जसमा १७६ रुपैयाँ प्रिमियम जोडिएको थियो। सेबोनले प्रिमियम मूल्य घटाएर १३६.९१ रुपैयाँ कायम गरेको हो।

कुल कित्तामध्ये ६ लाख कित्ता सेयर कर्मचारीहरुका लागि अंकित मूल्य १०० रुपैयाँमै छुट्याएको छ। बाँकी १ करोड १४ लाख कित्तामा सर्वसाधारण (कर्मचारी र सामूहिक लगानी कोषसहित)ले आवेदन दिन पाउनेछन्।

यो आईपीओ बिक्रीबाट कम्पनीले २ अर्ब ७६ करोड ७ लाख ६४ हजार रुपैयाँ जुटाउनेछ।

आइएमई लाइफको आईपीओ बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here