14.8 C
Nepal
Thursday, November 13, 2025

सेयरमा लगानी गर्नेलाई आयकरको दायरा लागु हुँदैन :अर्थमन्त्री

spot_imgspot_imgspot_img

अर्थमन्त्री डा. प्रकाशशरण महतले बुधबार बिहान पुनः सेयर बजारका लगानीकर्ताहरुलाई सम्बोधन गर्दै बजेटमार्फत भएको व्यवस्थाबाट नअत्तालिन आग्रह गरेका छन्।

आज बानेश्वरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले सेयर बजारमा लगानी गरेका कुनै पनि लगानीकर्तालाई आयकरको दायरामा ल्याउने व्यवस्था नभएको र यस्तो भ्रम छर्नेहरु सेयर बजारको भलो नचाहनेहरु भएको बताएका छन ।

सेयर बजारमा जतिले लगानी गर्नुभएको छ । ‘म यो कुरा पुनः एकपटक प्रष्ट पार्न चाहन्छु’, उनले थपे, ‘जसले कारोबारको क्रममा घाटा खाएरसमेत कर तिरिरहेको छ। उनीहरुलाई चाहिँ हामीले न्याय गर्न खोजेका हौं। अब घाटामा पनि कर लगाउने भन्ने कुरा हुँदैन।’

उनले आयकरको दायरामा सेयर बजारका लगानीकर्ता पनि आउने भनेर भ्रम छरिएको र यो कुरा सत्य नभएको भन्दै प्रतिवाद गर्न समेत आग्रह गरे ।

उनले लगानीकर्तालाई आह्वान गर्दै भने, ‘सेयर बजारमा लगानी गर्ने देशभरका दाजुभाइ तथा दिदीबहिनी यसबाट आत्तिनुपर्ने कुनै कारण छैन । बैंकमा पैसा राख्नुको सट्टा यहाँ लगानी गरेर केही फाइदा हुन्छ कि भनेर जे जतिले लगानी गरेका छन्, तीमध्ये कोही कसैले पनि आयकरको दायराभित्र आउनुपर्दैन । यसमा प्रष्ट हुनुहोला ।’

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here